भूकम्प गएकाे पाँच दिनपछि एक व्यक्तिको जीबितै उद्धार

काठमाडाैं- म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।…