ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त

ब्रासिलिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमले बुधबार रिपोर्ट गरेका छन्। वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो। ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार…