दुई दर्जन बीमा कम्पनीले बुझाएनन् वित्तीय विवरण, शक्तिशाली कम्पनीहरुसँग लाचार बन्याे नियामक

काठमाडौं – पुस मसान्तसम्म बुझाइसक्नुपर्ने चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुझाउन बीमा कम्पनीहरूले आलटाल गरेका छन् । सञ्चालनमा रहेका ३७ मध्ये दुई दर्जनभन्दा बढी कम्पनीले पूर्वनिर्धारित समय घर्किसक्दा समेत वित्तीय विवरण बुझाउन नसकेका हुन् । नियामकीय व्यवस्थालाई लत्त्याउँदै पुस मसान्त सकिएको एक महिना बित्न लाग्दासमेत २६ वटा कम्पनीले विवरण नबुझाएको नेपाल बीमा प्राधिकरणले…