काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६३२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गरेको छ। सभाले उक्त आर्थिक वर्षको…