काठमाडौं - नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ। नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो। नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो।…