काठमाडाैं – गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब रुपैयाँको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। जसमा २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर उक्त व्यापार गरेका हुन…