आर्थिक सुरक्षाबाट ठगीको औजार बन्दै बीमा दाबी, नक्कली मृत्युदेखि योजनाबद्ध लुटपाटसम्म

काठमाडौं - जीवनमा अचानक आइपर्ने दुर्घटना, रोग वा मृत्युजस्ता अनिश्चित घटनाबाट हुने ठुलो आर्थिक क्षतिबाट जोगिन बीमालाई सुरक्षित उपायका रूपमा लिइन्छ। तर, पछिल्ला वर्षहरूमा यही बीमा प्रणाली अपराधको माध्यम बन्दै गएको छ। बीमाबाट ठुलो रकम हात पार्ने लोभमा नक्कली विवाह, योजनाबद्ध हत्या, झूटा दुर्घटना, कागजी मृत्युदेखि आफ्नै पसलमा लुटपाटको नाटकसम्म हुने गरेको घटनाहरू सार्वजनिक भइरहेका छन्।…