न्यूनतम् चुक्ता पुँजी कायम गर्न बीमा कम्पनीहरू किन असफल ?

काठमाडौं- नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)ले २०७८ चैत १० गते सबै बीमा कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै चुक्ता पुँजी वृद्धिको लागि निर्देशन दियो। उक्त निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तभित्र न्यूनतम पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने थियो। त्यो चुक्ता पुँजी कायम गर्न बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना समेत पेस गर्नुपर्थ्याे ।…