काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ६ किलो सुन बरामद भएको छ। फ्लाइ दुबईको जहाजमा आएका इजिप्टका नागरिको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले बताए। सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन्। उनी शनिबार राति ११ः५१ मा अवतरण अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएका थिए। विशेष सुराकीका…