महँगी घट्याे, विदेशी विनिमय सञ्चिति प्रर्याप्त

काठमाडाैं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ४ महिनाकाे आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन्। तथ्यांकअनुसार कात्तिक महिनामा महँगी गत वर्षकाे यही अवधिकाे तुलनामा घटेकाे छ। केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय…