काठमाडाैं- २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गाको कित्ताकाट रोकियो। नियमावलीले जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न वर्गमा विभाजन गरेकाे थियाे। उक्त नियमावलीसँगै लामाे समय घरजग्गा काराेबार ठप्पजस्तै भयाे। उक्त नियमावली लागू भएपछि अर्थतन्त्रमा नकारात्मक असर परेकाे भन्दै सरकारले गत वैशाखमा निर्णय सच्चायाे। वैशाख ५ गतेकाे मन्त्रिपरिषद् बैठकले…