बैंकिङ्ग प्रणालीबाट थप १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


काठमाडाैं-  बैंकिङ्ग प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज थप १० अर्ब तरलता खिच्ने भएको छ। पुस महिनामा केन्द्रीय बैंकले दास्राेपटक तरलता खिच्न लागेकाे हाे।

गत आइतबार मात्रै बैंकले १० अर्ब तरलता खिचेकाे थियाे।

आज दिउँसाे २ बजे अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। १४ दिनका लागि उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएकाे छ।

 निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।