राष्ट्र बैंकले एक महिनामा १२औँ पटक निक्षेप तान्दै

बैंकिङ्ग समाचार, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा १२औं पटक तरलता तान्दै छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । बुधबार गर्न लागेको निक्षेप संकलन बोलकबोल १४ दिन अवधिको हो । मंसिर ६ गतेदेखि बुधबारसमेत गरेर १२ पटक संकलन गर्दैछ ।…