काठमाडौं – सूचना प्रविधिको बढ्दो प्रयोगसँगै नेपालमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार, बिद्युतीय माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको हो। चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल दुई करोड ३७ लाख ८३ हजार मानिसले मोबाइल…