काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका छन् । पछिल्लो चरण मोबाइल बैंकिङ्गबाट पैसा ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै उनले त्यसमा आफ्नो ध्यानआकर्षण भएको बताएका हुन् । ओली लेखेका छन्,‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग…