लघुवित्तबाट लिएको कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना पुस मसान्तसम्म गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीको कठिनाइलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका सर्तहरूको अधीनमा रही एक पटकको लागि २०८१ पुस मसान्तभित्र कर्जाको पुनरतालिकीकरण ररवा पुनरसंरचना गर्नसक्ने व्यवस्था गरिएको बताएको छ । वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै…