लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न होटल थपिँदै

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ। यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी रु ६० अर्बभन्दा बढी पुगेको छ। लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका होटल व्यवसायमा मात्रै झण्डै रु ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन्। पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना–ठूला गरी दुई हजार पाँच सय होटल…