बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्न नपर्ने नियम लागू गर्दै सरकार

काठमाडौं – अब बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) छुट्टै भर्न नपर्ने नियम बन्ने भएकाे छ । सरकारले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी व्यवस्था गर्ने भएकाे हाे । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा यस्तो व्यवस्था गर्न लागिएको…