काठमाडौं– नेपाल राष्ट्र बैंकले यस पटक नयाँ नोट नछाप्ने भएको छ । नयाँ नोट छाप्न खर्च बढ्दै जाँदा राष्ट्र बैंक नयाँ नोट नछाप्ने निर्णयमा पुगेको हो । राष्ट्र बैंकले नयाँ नोट नछाप्ने भएसँगै यो पटकको दसैंमा नयाँ नोट देख्न नपाइने भएको छ । यसअघि राष्ट्र बैंकले ठूला चाडलाई लक्षित गर्दै नयाँ नोट छाप्दै आएको थियो…