चार महिनामा नेपालीले विदेश भ्रमणमा खर्चिए २८ अर्ब हाराहारी

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्म विदेश घुमफिरमा जाने नेपालीले २८ अर्ब हाराहारी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भ्रमण व्यय ११.८ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ। जसमध्ये शिक्षातर्फको व्यय ४८ अर्ब २६ करोड रूपैयाँ रहेको छ। यसअनुसार खुद भ्रमणमा भएको…