एनआईसी एशिया बैंकको ऋणपत्र खुल्यो, कति पाइन्छ ब्याजदर ?

काठमाडौं – एनआईसी एशिया बैंकको ऋणपत्र (डिबेन्चर) आजदेखि खुला भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको हो। अंकित मूल्य १ हजारका दरले कम्पनीले कुल ५० लाख कित्ता निष्कासन गर्न लागेको हो। जसमध्ये २ अर्बको २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो।…