गभर्नर अधिकारीको अध्यक्षतामा एसएआरएफआईआई बैठक सम्पन्न, समन्वयलाई सुदृढ बनाउनुपर्ने विषयमा छफफल

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा दक्षिण एशिया क्षेत्र वित्तीय समावेशी पहल (एसएआरएफआईआई)को बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक…