चैतमा महँगी वृद्धिदरमा कमी, उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा खुम्चियो

काठमाडौं - आर्थिक वर्ष २०८१/८२ को चालु आर्थिक वर्षको नौ महिनामा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा सीमित भएको केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ४.६१ प्रतिशत मुद्रास्फीतिभन्दा कम हो । चैत महिनासम्मको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति खाद्य तथा पेय पदार्थ समूहमा २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ३.९० प्रतिशत रहेको छ…