कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता सुदृढीकरणका लागि सम्झौता

काठमाडौं - सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनल सँग सम्झौता गरेको छ । यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास…