वित्तीय क्षेत्रमा लगाइएको दोहोरो कर खारेजको माग

काठमाडौं – नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्नुपर्ने माग गरेको छ । सङ्घको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सङ्घले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था/कर्मचारीमाथिको आक्रमण रोक्नुपर्ने र समस्त वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नसमेत माग गरेको छ ।…