काठमाडौं – देशभित्र विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा…