नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध ३ वटा घुस मुद्दा दर्ता, ५० लाख रुपैयाँ बिगो दाबी

काठमाडौं - ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा.अधिकारीले घुस लिएको आयोगको आरोप छ ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले एक अर्ब ७७…