काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, बाँकेले कर्णाली विकास बैंक घोटाला प्रकरणमा जोडिएका आन्तरिक र बाह्य लेखा परीक्षकविरुद्ध पनि मुद्दा दायर गरेको छ । कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध बाँकेको विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्धा खेप्ने आन्तरिक लेखा परीक्षकहरुमा बिनम कुमार श्रेष्ठ, गैरे एसोसियट्सका भुवन प्रसाद गैरे, टिके…