सप्तरी- अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले विसं २०८० असारमा अर्को…