दोस्रो त्रैमाससम्ममा बैंकहरुले कमाए ३० अर्ब नाफा, पहिलो बन्यो नबिल

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस मसान्तसम्म ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार नाफा कमाएका हुन्। जुन गत आर्थिक वर्षको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख…