काठमाडौं - १७औँ गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा आगामी गभर्नरको विषयमा चर्चा सुरु भइसकेको छ । यो पदका लागि ६ महिनाभन्दा अघिदेखि नै विभिन्न व्यक्तिहरूले आकांक्षा देखाएर दौडधुप गरिरहेका छन् । गभर्नर बनेर नोटमा हस्ताक्षर गर्ने लक्ष्यसहित आकांक्षीहरु विभिन्न शक्तिकेन्द्र धाउँदैछन् । दौडमा धेरै आकांक्षी देखिए पनि कोही आकांक्षी क्षमता र अनुभवका आधारमा सक्षम…