वाणिज्य बैंक छाडेर विकास बैंकको शेयरमा झुम्मिँदै लगानीकर्ता

काठमाडौं – वाणिज्य बैंकको तुलनामा विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बजारमा सूचीकृत विकास बैंकहरुको शेयरको तुलनामा वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको रुची कम देखिएको हो । वाणिज्य बैंक समूहमा कारोबार भइरहेको १९ वटा बैंकहरुको अधिकांश शेयर मूल्य २०० को आसपासमा कायम छ । वाणिज्य बैंकहरुको शेयर मूल्य २०० देखि ६०० को हाराहारीमा…