आइजीपी कार्कीको पहिलो निर्णय: कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी)दान बहादुर कार्कीले ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेका छन्। प्रहरी महानिरीक्षक भएपछि उनले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकबाट यस्तो निर्णय गरेका हुन्। नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य,…