काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। गत भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका सरकारले…