काठमडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७, ग्वार्खो बस्ने ३९ वर्षीय अमृत कुमार श्रेष्ठ रहेका छन्। श्रेष्ठलाई अदालतले बैंकिङ्ग कसुर प्रकरणमा ५ दिन कैद सजाय तथा ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, फैसलापछि उनी फरार रहेका थिए। श्रेष्ठलाई कैद तथा जरिवाना भुक्तान गराउन जिल्ला प्रहरी परिसर ललितपुरबाट…