जेनजी दबाउन देशव्यापी कर्फ्यूका कारण बैंक पनि बन्द

काठमाडौं - १९ जनाको हत्या भएपछि सरकारले आज विहानैदेखि उपत्यकासहित देशका विभिन्न स्थानमा कर्फ्यू लगाएको छ । काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित देशका विभिन्न ८ स्थानमा कर्फ्यू लगाउँदै आन्दोलन रोक्ने प्रयासमा सरकार देखिएको हो । जसकारण, आजको शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र व्यवसाय समेत बन्द हुने भएका छन् ।