काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा दश उम्मेदवारमध्ये पाँचजनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन्। जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्लामा विभिन्न नौवटा राजनीतिक दलसहित एकजना स्वतन्त्र गरी १० जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन्। उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट…