एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको तर्फबाट सञ्चालकमा कुमार

काठमाडौं – एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले  कुमारलाई सञ्चालकमा नियुक्त  गरेको  हो । उनलाई सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएकाे हाे ।