बैंकिङ्ग समाचार, काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् । केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही…