काठमाडौं - नेपाल राष्ट्र बैंकका डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बैंकर्स एशाेसिएशनका पदाधिकारीहरूसँग छलफल गरेका छन्। गभर्नर पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हुने दुर्व्यवहार र बैंकहरुमाथि हुने प्रहार बढिरहेको छ।…