बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु बैंकको नाफा ५१.११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ७२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो…