शेयर बजारमा छायो बहारः २२ महिनापछिकै उच्च कारोबार, थुप्रै कम्पनीको शेयर मूल्य बढ्यो  

शेयर बजारमा छायो बहारः २२ महिनापछिकै उच्च कारोबार, थुप्रै कम्पनीको शेयर मूल्य बढ्यो  


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लामो समयपछि फागुन ५ गते सोमबार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक ३४.२६ अंकले बढेर १ हजार ३९८ दशमलव २४ बिन्दुमा पुगेको छ ।  कूल १७५ कम्पनीको २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँको शेयर खरीद बिक्रि हुँदा ६४ लाख ७४ हजार ७५० कित्ता शेयर २४ हजार ८०५ पटक कारोबार भएको हो।

सोमबारको बजारमा चार कम्पनीको शेयरमूल्यमा सर्किट लाग्दा कूल कम्पनीको १३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ । २४ कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढोत्तरी भएको छ । आज ३७ कम्पनीको मात्र शेयरमूल्य घट्यो।

सोमबारको बजारमा पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप पावर, राष्ट्रिय बीमा कम्पनी सर्वसाधारण र संस्थापक शेयरको माग उच्च हुँदा सकारात्म सर्किट लागेको हो।  यसैगरि अरुण काबेली पावर ८.५९ प्रतिशत, सेन्ट्रल फाइनान्स ८.३३ प्रतिशत, नबिल इक्वीटी फण्ड ८.१४ प्रतिशत, हिमालयन पावर पार्टनर ७.५७ प्रतिशत, हिमालयन बैंक ७.४३ प्रतिशत र स्ट्याण्डर्ड चार्टको शेयरमूल्य ६.५६ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै बुलिस बजारमा पनि नेपाल हाइड्रो डेभलोपर कम्पनीको शेयरमूल्य सबैभन्दा उच्च ६.६३ प्रतिशतका दरले घटेको छ । यसैगरि नाडेप लघुवित्त ३.१२ प्रतिशत र नेरुडे लघुवित्त ३.१० प्रतिशतले घट्दा गणपति माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, प्राइम लाईफ इन्स्योरेन्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन डिष्टिलरी र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य २ प्रतिशत बढीले घटेको हो।

सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै १२ करोडको ९४ लाखको शेयर कारोबार हुँदा शिखर इन्स्योरेन्स ११ करोड २१ लाख र हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको हो।

कारोबारमा आएका सबै उपसमूहको परिसूचकमा हरियाली छाउँदा ब्यापार सूचक सबैभन्दा धेरै ४.९८ प्रतिशत, बैंकिङ्ग र जलविद्युत ३ प्रतिशत बढी तथा निर्जीबन बीमको सूचक २.७५ प्रतिशतले बढेको छ । विकास बैंक, वित्त, जीबन बीमा र होटलको सूचक १ प्रतिशत बढीले सुधारिएको छ।