वैदेशिक रोजगारमा रहेकालाई ट्रेड टावरको आईपीओ खुल्यो


काठमाडौं – आजदेखि ट्रेड टावरको आईपीओमा आवेदन खुलेको छ । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गर्दै कम्पनीले ३ लाख ९७ हजार १६९ कित्ता खुला गरेको हो ।

अंकित मूल्य १ सय रुपैयाँका दरले अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने छ । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेकाे छ ।

वैशाख २२ गतेसम्म खुल्ने आवेदनमा न्यूनतम १० कित्ताका लागि दिनुपर्नेछ । कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ ।