साताको शेयर : नेप्सेमा ५२ दशमलव ११ अंकको वृद्धि हुँदा कारोबार रकम कति ?


काठमाडौं – नयाँ सालको सुरुवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साहजनक सुधार देखिएको छ । यो साता मात्रै नेप्सेमा ५२ दशमलव ११ अंकको वृद्धि देखिएको हो । सातामा ४ दिन कारोबार हुँदा १ दिन मात्रै घटेको बजार ३ दिन वृद्धि बढेको हो ।

एक सातामा कारोबार रकम ३३ अर्ब भन्दा माथि देखिएको हो । गत साता नेप्सेमा २१ दशमलव ५४ अंकको गिरावट देखिएको थियो । यो साता ४ कारोबार दिन मध्ये आइतबार (२०८१ को अन्तिम दिन) ८ दशमलव ६२ अंकको गिरावटसँगै नेप्से परिसूचक २६ सय ६२ दशमलव ८ अंकको बिन्दुमा पुगेको थियो ।

गत साता २६ सय ७० दशमलव ३ अंकको बिन्दुमा रोकिएको नेप्से परिसूचक सोमबार, मंगलबार र बिहीबार घटेको थियो । यो वर्षको पहिलो कारोबार अर्थात् मंगलबार २७ दशमलव १४ अंकको वृद्धि आएको थियो । सोमबार नयाँ वर्षका कारण सार्वजनिक विदा भएकाले मंगलबार कारोबार खुले लगतै दोहोरो अंकको वृद्धि आएको हो ।

त्यसैगरी, बुधबार ७ दशमलव १ अंकको वृद्धि आउदा बजार २६ सय ९६ दशमलव २३ अंकमा पुगेर बजार बन्द भयो । त्यस्तै, सताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचकमा २६ दशमलव ४९ अंकको वृद्धि आएसंगै बजार २७ सय २२ दशमलव ७३ को बिन्दुमा कारोबार बन्द भएको हो ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा ६ अर्ब २४ करोड भन्दा माथिको कारोबार भएको थियो । त्यस्तै, मंगलबार ८ अर्ब ४० करोड भन्दा माथिको कारोबार भएको हो । बुधबार ७ अर्ब १९ करोड, र बिहिबार १० अर्ब ५१ करोड भन्दा माथि कारोबार भयो । त्यस दिन नेप्से परिसूचमा साताकै सबैभन्दा बढि कारोबार भएको थियो ।

यो साता गत साताको तुलनामा १२ अर्ब भन्दा बढिको कारोबार भएको देखिन्छ । गत साता पनि ४ दिन नै कारोबार हुँदा करोबार रकम २१ अर्ब माथि पुगेको थियो भने यस साता ३३ अर्ब भन्दा बढिको कारोबार भएको छ ।