काठमाडौं – रिभर फल्स पावर लिमिटेडको संस्थापक स्थानीय बासिन्दाहरू तथा कर्मचारीको लकइन अवधि सकिन अब ३४ दिन बाँकी रहेको छ । नेपाल धितोपत्र बोर्डको २०८०/८/२५ गतेको पत्रबाट निर्देशन भए अनुसार कम्पनीको शेयरकाे लकइन अवधि समाप्त हुने भएको हो ।
कम्पनीको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिन लागेको हो । कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता शेयर तीन वर्षदेखि लकइनमा रहेको छ ।





About Us
प्रतिक्रिया