विश्वको सर्वाधिक डाउनलोड हुने एप टिकटक, पछाडी पर्यो फेसबुक 

विश्वको सर्वाधिक डाउनलोड हुने एप टिकटक, पछाडी पर्यो फेसबुक 


बैंकिङ्ग समाचार । 

पछिल्लो समय लोकप्रिय बन्दै गएको ननगेमिङ एप टिकटक, फेसबुक, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडियालाई पछि पार्दै विश्वको १ नम्बर एप बन्न सफल भएको छ। 

सन् २०२० को जनवरीसम्म यो १०.४ करोड पटक डाउनलोड गरिएको छ। दोस्रो नम्बरमा ह्वाट्सएप रहेको छ। यही अवधिसम्म ह्वाट्सएप ९ करोड पटक डाउनलोड गरिएको छ। टिकटक बेलाबेलामा अश्लील भिडियोका कारण विवादमा पर्दै आएको छ। 

सन् २०१८ देखि सन् २०१९ को अप्रिलसम्म ६० लाख त्यस्ता अनुचित अश्लील भिडियो हटाइएको टिकटकले जनाएको छ। टिकटिक चिनियाँ कम्पनी बाइट डान्सले निर्माण गरेको एप हो। यो विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप पनि हो। सन् २०१८ अक्टुबरसम्म यो एपमा ७५ अर्ब डलर लगानी भइसकेको छ। सन् २०१९ सम्म टिकटक दोस्रो नम्बरमा थियो। 

पहिलो नम्बर ह्वाट्स एप थियो। सन् २०१९ मा ह्वाट्स एप ८५ करोड, टिकटक ७३ करोड, मेसेन्जर ७१ करोड, फेसबुक ६८ करोड र इन्स्टाग्राम ४३ करोड पटक डाउनलोड गरिएको थियो। टिकटकले सन् २०१९ मा १२४८ करोड रुपैयाँ कमाएको थियो। यसका ४१ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ वर्ष उमेर समूहका छन्।