बैंकबाट लिने कर्जाको ब्याजदर घट्यो, निक्षेपको बढ्यो 

बैंकबाट लिने कर्जाको ब्याजदर घट्यो, निक्षेपको बढ्यो 


बैंकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस महिनाको तथ्यांक अनुसार बैंकबाट कर्जा लिने ऋणीको ब्याजदर घटेको छ भने बचतकर्ताको ब्याजदर बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो। गत आर्थिक वर्षको गत पुसको  बैंकहरुको आधारदर ०.३५ प्रतिशतले घटेको छ ।

२०७५ पुसमा ९.८० प्रतिशतको रहेको बैंकहरुको आधार ब्याजदर ०७६ पुसमा ९.४५ प्रतिशत कायम भएको छ।

आधार दर घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर १२.२९ प्रतिशत बाट घटेर ११.९४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।गत पुसको तुलनामा गत पुसमामा बैंकहरुको औषत ऋणको ब्याजदर ०.३५ प्रतिशतले घटेको देखिन्छ ।

बैंकहरुले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। गत वर्षको  पुससम्म ६.७२ प्रतिशत औषत निक्षेपको ब्याज थियो भने यसपाली बढेर ६.७९ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको ब्याजदर भने बढेको देखिएको छ । अघिल्लो पुसमा ९१-दिने ट्रेजरी विल्सको भारित औषत ब्याजदर ०.८६ प्रतिशत रहेकोमा गत पुसमा ३.१७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औषत ब्याजदर २.८४ प्रतिशत बाट घटेर १।७६ प्रतिशत कायम भएको छ ।

यसबीचमा वाणिज्य बैंकहरुको अन्तर बैंक कारोबार रकम ९ खर्ब २६ अर्ब ५३ करोड नाघेको छ ।