सिटिजन्स बैंकको चटपटे काण्डः बैंकको हेलचेक्राई कि सेवाग्राहीको लापरवाही ?

सिटिजन्स बैंकको चटपटे काण्डः बैंकको हेलचेक्राई कि सेवाग्राहीको लापरवाही ?


बैंकिङ्ग समाचार । 

सिटिजन बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको विषयले अहिले चर्चा पाइरहेको छ । व्यक्तिगत विवरण रहेको उक्त फारममा चटपटे राखिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्दा समेत बैकले आधिकारिक रुपमा कुनै प्रतिकृया नदिँदा सेवाग्राही आक्रोशित बनेका छन । 

सेवाग्राहीको निजी विवरण रहेको फाराम बजारमा लिलाम गरेर बैङ्कले चरम लापरवाही गरेको भन्दै आलोचना भइरहँदा के कसरी सेवाग्राहीको निजी विवरण फाराम बजारमा गएको हो भन्ने विषयमा अनुसन्धान गर्न बैँक गम्भीर नभएको भन्दै सेवाग्राहीहरू आक्रोशित हुन थालेका हुन ।  

२००९ फेब्रुअरी मिति लेखिएको उक्त फारममा चटपटे राखिएको तस्बिरबारे सामाजिक सञ्जालमा बैकको कमजोरी बताउने एकथरी र बैकलाई बद्नाम गराउन यस्तो गरिएको भन्ने अर्कोथरी भेटिएका छन । यस विषयमा बैंकिङ्ग समाचारसँग कुरा गर्दै बैककी प्रवक्ता उमङ्ग शर्माले फारममा फोटो देखिएको मान्छे आफ्नो ग्राहक भएको बताएकी छन् । उनले फारामवालाको खाता पुरानो भएको र लामो समयदेखि खातामा कारोबार नभएको बताइन । 

उनले उक्त फाराम बैङ्कबाट बाहिर नगएको बताउँदै भनिन, ‘हामीले खाता खोल्न भनेर फारम दिएका हुन्छौँ, यो पनि त्यसैगरी कसैकहाँ गएको हुनुपर्छ ।’ उनले गरिन  बैकबाट यस्तो किसिमको काम हुनै नसक्ने बताउँदै ग्राहकहरूले कुनै शङ्का गर्नुपर्ने अवस्था नरहेको दाबी समेत गर्नुभयो । यता बैंकका एक कर्मचारीले बैंकिङ्ग समाचारसँग कुरा गर्दै बैकले यो विषयमा अनुसन्धान गर्न शुरु गरेको जानकारी दिएका छन । 

उनले चटपटे राखिएको फर्मवाला व्यक्ति बैङ्कले पहिचान गरिसकेको र अनुसन्धान भइरहेको जानकारी दिएका छन । नाम नबताउने सर्तमा उनले भने ‘म यो जानकारी दिने ठाउँमा छैन तर अनुसन्धान शुरु भएको छ ।’ यता प्रवक्ता  उमङ्ग शर्माले भने फर्मवाला व्यक्ति पहिचान भएपनि बैङ्कको उनीसँग कुनै कुराकानी नभएको बताइन । उनले भनिन् ।  ‘फारमवाला मान्छेसँग कुरा भएको छैन तर उहाँ हाम्रो ग्राहक हो ।’

एकजना व्यक्तिको फारमको कारण बैककै बदनाम हुन लाग्दा समेत यो विषयमा बैँक किन चुप ? कसले यस्तो ग–यो यो विषयमा खबरदारी गर्न बैंकले किन सकिरहेको छैन भनी बैंकिङ्ग समाचारले सोधेको प्रश्नमा प्रवक्ता शर्माले बैंकबाट यस्तै कुनै हालतमा पनि बाहिर जान नसक्ने र यस्ते कार्यलाई रोक्न जनचेतना नै ठुलो कुरा रहेको प्रतिक्रिाया दिइन ।