काठमाडौं – बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता, अधिकांश बैंकहरूले फागुन महिनाका लागि ब्याजदर स्थिरले शेयर बजारलाई फाइदा पुग्ने अनुमान गरिएपनि बजारले भने गति लिन सकेको देखिँदैन । यो साता समग्रमा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २१ दशमलव ५५ अंकको गिरावट देखिएको छ ।
यो साताको पहिलो कारोबारको दिन आइतबारदेखि नै शेयर बजारले ओरालो यात्रालाई जारी नै राख्यो । गत साता ११ दशमलव ६४ अंकले घटेर बजार २६ सय ९९ दशमलव ८१ को बिन्दुमा बन्द भएको बजार यो साता ७ दशमलव २६ अंकले घट्दै २,६७८ दशमलव २६ को विन्दुमा बन्द भयो । बिहीबार ७ दशमलव २६ अंकले घटेसँगै बजार २,६७८ दशमलव ४७ को बिन्दुमा रोकियो ।
यो साता आइतबार ८ अर्ब ३९ करोड रुपैयाँ, सोमबार ६ अर्ब ९६ करोड रुपैयाँ, मंगलबार ७ अर्ब २४ करोड रुपैयाँ, बुधबार ८ अर्ब ६० करोड रुपैयाँ र बिहीबार ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो । समग्रमा यो साता बजारमा ३८ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
गत साता ४२ दशमलव ०४ अंकको गिरावट देखिदा ५१ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो । यतिबेला लगानीकर्ताहरू नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाले नीतिगत सहुलियत ल्याउने प्रतीक्षामा छन्।
प्रतिक्रिया