स्वस्तिक लघुवित्त घाटामा, तनाबमा कर्मचारी

स्वस्तिक लघुवित्त घाटामा, तनाबमा कर्मचारी


बैंकिङ्ग समाचार । 

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १२ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । हालै स्थापना भएको यस लघुवित्तको व्यवसाय विस्तारबाट भएको आम्दानीले खर्च धान्न नसक्दा कम्पनी नोक्सानीमा गएको हो।

पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ७६ लाख निक्षेप संकलन तथा १९ करोड ४२ लाख रुपैयाँ सापटी लिएर गरि १९ करोड ९१ लाख रुपैयाँ ऋण परिचालन गरेको छ।

यसबाट लघुवित्तले २२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६५ लाख २७ हजार रुपैयाँ अन्य आम्दानी गरेपनि खर्च धान्न नसक्दा कम्पनी घाटामा गएको हो।

सिराहाको लाहानमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १ करोड २० लाख छ भने जगेडा कोष ३७ लाख ३२ हजार रुपैयाँले ऋणात्मक रहेको छ।